सिबिआईएल क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा सबिर बादे श्रेष्ठ नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2022 | 11:15:57 AM मा प्रकाशित

laxmi  sunrise bank

सिबिआईएल क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा सबिर बादे श्रेष्ठ नियुक्त भएका छन् । क्यापिटलको संचालक समितिको बैठकले श्रेष्ठलाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।

श्रेष्ठ एसिसिए हुनुका साथै उनले काठमाडौं विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर हाशिल गरेका छन् । उनी एनआईबिएल् क्यापिटल मार्केट्समा सन् २०१३ देखि २०१५ सम्म उच्च व्यवस्थापन तहमा थिए भने सन् २०१६ देखि सन् २०२० सम्म नबिल इन्भेष्टमेन्ट्स बैंकिङमा थिए । उनी सन् २०२० देखि सन् २०२२ सम्ममा मेगा क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए।

श्रेष्ठसँग देश तथा विदेशमा गरी १७ वर्ष वित्तीय तथा मर्चेन्ट बैंकिङ क्षेत्रमा कार्य गरेको अनुभव रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved