नेपाल रि को अध्यक्षमा अर्याल नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2022 | 06:10:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि इन्स्योरेन्स) को अध्यक्षमा ईश्वरी प्रसाद अर्याल नियुक्त भएका छन् । मंसिर १९ गतेको मन्त्रिस्तरिय निर्णय अनुसार अर्याललाई कम्पनीको सञ्चालक समितिको अध्यक्ष तोकिएको हो ।

अर्थमन्त्रालयबाट प्रतिनिधित्व गर्दै आएका अर्याल यसअघि कम्पनीको सञ्चालक सदस्य थिए । उनी अर्थमन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव समेत हुन् । अर्याललाई अर्काे व्यवस्था नभएसम्मको लागि अध्यक्ष तोकिएको हो। 

यसअघि कम्पनीको अध्यक्षमा डा. रविन्द्र घिमिरे कार्यकाल सकिनुअघि नै राजिनामा दिएका थिए। निवर्तमान अध्यक्ष घिमिरेले गत मंसिर ११ गते राजिनामा दिएसँगै अध्यक्ष पद रिक्त थियो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved