नेप्सेको प्रबन्धक पदमा लिलाधर सुवेदीलाई नियुक्त गर्न सिफारिस, बन्न सक्छन् डेपुटी सीइओ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 26, 2022 | 11:21:29 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रबन्धक पदमा स्थायी नियुक्तिको लागि लिलाधर सुवेदीको नाम सिफारिस भएको छ । नेप्सेको पदपूर्ति समितिले लोक सेवाले लिएको लिखित परीक्षाको अंक र अन्तर्वाताको औषत अंकको कुल योगको आधारमा सुवेदीको नाफ सिफारिस गरेको हो । सुवेदी बासगढी-७, बर्दियाका हुन् ।

 प्रबन्धक पदमा ३ जनाको नाम सर्टलिस्ट भएकोमा अन्तर्वातापछि सुवेदी सिफारिस भएका हुन्। सर्टलिस्टमा परेका अन्य २ उम्मेदवार भिमराज उप्रेती र प्रविन पन्दाक क्रमश पहिलो र दोस्रो वैकल्पिक उम्मेदवारको रुपमा सिफारिस भएका छन् ।  प्रविन पन्दाक हाल नेप्से कै कार्यरत उच्च तहकी कर्मचारी हुन्  । हाल उनी कामु प्रबन्धक रहेकी छिन् । लोकसेवा आयोगले लिएको लिखित परीक्षापछि आवेदन दिएका २६ जना मध्ये ३ जना अन्तर्वार्ताको लागि छनौट भएका थिए ।

नेप्सेमा प्रबन्धक भनेको १० औ तहको पद हो । हाल यस पदमा निरन्जन फुयाल रहेका छन् । उनी आन्तरिक बढुवाबाट  प्रबन्धक पदमा बढुवा भएका हुन् । १० औ तहमा २ जनाको दरबन्दी रहेकोले अब १ जना खुला प्रतिस्पर्धाबाट नियुक्त हुन लागेको हो।  

नेप्सेमा ११ औ तह पनि रहेको छ । तह ११ भनेको नेप्सेमा सीइओ पछिको ठूलो पद हो । यो पदलाई डेपुटी सीइओको रुपमा पनि लिने गरिएको छ  हाल यो पद रिक्त छ ।  १० औ तहमा रहेका २ जना मध्ये बाट नै ११ औ तहमा  बढुवा हुने भएकोले १० औ तहलाई महत्वका साथ हेरिएको छ 

 तह ६,७, र ८ औ तहमा पदपूर्तिको लागि लिइएको लिखित परिक्षा र अन्तर्वातापछि नियुक्ति सिफारिस भएकाहरुको नतिजा पनि नेप्सेले प्रकाशन गरेको छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved