ग्लोबल छोडेर मेगा बैंक मै फर्किए महेश ढकाल, कामु सीइओको जिम्मेवारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 09, 2023 | 11:32:44 AM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा महेश ढकाल नियुक्त भएका छन् । बैंकको आज पुस २५ गते बसेको संचालक समितिको बैठकले आज पुस २५ गतेद्केही नै लागु हुने गरि अर्को ब्यबस्था नभएसमको लागि ढकाललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो ।

यस अघि उनी ग्लोबल आइएमई बैंकको सिनियर डेपुटी सीइओ थिए । ग्लोबल आईएमई बैंक र बैंक अफ काठमांडूले मर्ज भएर एकिकृत कारोबार गर्दा उनी  स्वेच्छिक अवकास योजनाका लागि आबेदन दिएर  ग्लोबल आइएमई बैंकबाट बाहिरिएका हुन्  ।

 ढकालले ग्लोबल छाडेर मेगा आउने चर्चा केहि साता अघि देखि नै चलेको थियो ।  ढकालले ग्लोबल आइएमई बैंक छाडेर यस अगाडी उनी आफैं रहेको मेगा बैंकमा फर्किने तयारी गरेको समाचार यस अघि नै बिजपाटीले प्रकाशन गरेको थियो।

मेगा बैंकले तत्कालिन टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जर तथा प्राप्ति गर्दा ढकाल टुरिजममा प्रमुख कार्यकारी अधिकृत थिए। र मर्ज तथा प्राप्ति पश्चात ढकाल मेगा बैंकमा नै डेपुटी सीइओ थिए र पछि ग्लोबल आइएमई बैंकमा गएका थिए । 

बिजपाटीलाई प्राप्त जानकारीअनुसार एनआइबिएलसँग मर्जर पश्चात सिनियर डेपुटी सीइओ बनाउनेगरि ढकाललाई मेगा बैंकमा अहिले प्रमुख कार्यकारी अधिकृतमा ल्याईएको हो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved