सिबिआईएल क्यापिटलको अध्यक्षमा पारस कुमार काफ्ले चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 09, 2023 | 03:06:20 PM मा प्रकाशित

laxmi  sunrise bank

 सिबिआईएल क्यापिटलको अध्यक्षमा पारस कुमार काफ्ले चयन भएका छन् ।  संचालक समितिको पुस २४ गतेको बैठकले काफ्लेलाई अध्यक्ष चयन गरेको हो।  

संचालकहरुको पदावधि समाप्त भई, संस्थाको विशेष साधारण सभाबाट नियुक्त  भएका संचालकहरुमध्येबाट मुख्य कम्पनी सिटिजन्स बैंक ईन्टरनेशनलको तर्फवाट मनोनित भई संस्थाको संचालक सदस्य रहेका काफ्लेलाई अध्यक्ष चयन गरेको हो । कम्पनीको अन्य संचालकमा  राजेन्द्र लाल श्रेष्ठ, प्रमेश राज कायस्थ, कर्मचारी संचय कोष तर्फबाट सुवाष खड्का रहेका छन् । 

 सिबिआईएल क्यापिटल सिटिजन्स बैंकको सहायक कम्पनी हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट सामुहिक लगानी कोषको प्रर्वद्धन, धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्धक, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), धितोपत्र प्रत्याभूतिकर्ता (अण्डर राइटर), शेयर रजिष्ट्रार तथा डि–म्याट खाता जस्ता लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमति प्राप्त गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved