सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुन: गणेशराज पोखरेल नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2023 | 08:45:45 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुन: गणेशराज पोखरेल नियुक्त भएका छन् । आज बुधबार बसेको बैंकको संचालक समितिको बैठकले हाल कार्यरत प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेललाई आगामी ४ बर्षको पुन: सीइओ नियुक्त गर्ने निर्णय गरेको छ ।

पोखरेलले स्थापना काल देखिनै बैंकसंग आवद्ध भई विभिन्न ओहदामा रहि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्। साथै २०६५ साल देखिनै दोस्रो वरियतामा रहि बैंकमा कार्य सम्पादन गर्दै आएका थिए ।

 पोखरेलले त्रिभुवन विश्व विद्यालयबाट मार्केटिङमा स्नातकोत्तर , कानुनमा स्नातक तथा काठमाडौं विश्वविद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् ।  

पोखरेलले बैंकको नेतृत्वदायी भूमिका सम्हाले पछि उदाहरणीय लगन, परिश्रम, दृढता, संकल्प, दक्षता र दृढ अठोट प्रदर्शन गर्दै आफ्नो प्रथम कार्यकाल पूर्णरुपमा सफल बनाएको बैंकले जनाएको छ । बैंकका अनुसार उनको कार्यकालमा ग्राहक संख्या, डिम्याट संख्या, मोबाईल बैकिङ तथा अन्य डिजिटल एवं ट्रानजेक्सन बैकिङ सेवा सुविधा लगायतका अधिकांश सूचक तथा ब्राण्डिङ्मा राम्रो उपलब्धी हाँसिल गर्न सफल भएको छ ।  

बैंकका अनुसार उनको पहिलो ४ बर्षे कार्यकालमा निक्षेप औषतमा वार्षिक २६.०४% बृद्धि गरि हाल रु १६१.४५ अर्ब पुगेको छ भने कर्जा औषतमा वार्षिक २३.६२% बृद्धि गरि हाल रु १४२.५४ अर्ब र चुक्ता पूँजी रु. १४.२० अर्ब पुगेकोे छ । त्यसै गरि खुद नाफा ४ वर्षमा औषतमा वार्षिक १२.९१% बृद्धि भई आ.व. २०७८÷७९ मा रु २ अर्ब पुगेको छ ।  सोहि अबधिमा बैंकको पुँजी कोष सबल बनाउने, शाखा तथा व्यापार व्यवसाय बढाउने ध्येयले प्रदेश १ मा सृजना फाईनान्स लिमिटेड, मधेश प्रदेशमा सहयोगी विकास बैंक लिमिटेड र लुम्बिनी प्रदेशमा तिनाउ  मिशन विकास बैंक लिमिटेडलाई समेत प्राप्ति गरि बैंकले हाल देशैभरी १८२ शाखा कार्यालय, ३ विस्तारित काउण्टर, १३५ एटिएम, ९७ शाखा रहित बैंकिङ इकाई र २० माईक्रो फाईनान्स इकाईबाट सरल, सुलभ एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ । हाल बैंकको १५ लाखभन्दा बढीको संख्यामा ग्राहकहरु रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved