सिभिल बैंकबाट सीइओ सहित ८ जना उच्च तहका कर्मचारी बाहिरिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2023 | 05:05:37 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंकबाट प्रमुख कार्यकारी अधिकृत सहित ८ जना उच्च तहका कर्मचारी बाहिरिएका छन् । हिमालयन बैंकले सिभिल बैंकलाई गाभेर हिमालयन बैंकको नामबाट एकिकृत कारोबार गर्ने तयारी गरेसँगै सिभिलका ८ जना उच्च तहका कर्मचारीले स्वेच्छिक अवकाश सुविधा (भीआरएस) लिएर बाहिरिएका हुन् ।

भीआरएस लिएर बाहिरिनेमा प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेल, प्रमुख कर्जा अधिकृत सुमन आचार्य, सूचना प्रविधि प्रमुख sagar पौड्याल, लेखा प्रमुख गोवर्धन अधिकारी, डिपोजिट एण्ड ट्रानज्याक्सन बैंकिंग म्यानेजर किरण प्रकाश पाण्डे, प्रमुख कार्यकारी अधिकृतको कार्यालयमा कार्यरत अभिजित श्रेष्ठ, एसएमई तथा माइक्रो बैंकिङका कन्ट्री हेड किरण खड्का र आइटी म्यानेजर रोशन ढकाल रहेका छन् ।  आज बुधबार बैंकले औपचारिक कार्यक्रम गरेर उनीहरुको विदाई गरेको छ । 

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्ने सम्पूर्ण प्रक्रिया पुरा गरी फागुन १२ गते शुक्रबारका दिन देखि एकिकृत कारोबार गर्दै छ। प्रप्त्तिपछि "हिमालयन बैंक लिमिटेड" नामबाट “क” वर्गको इजाजत प्राप्त बैंकको रुपमा एकिकृत कारोबार सुरु हुन लागेको हो।

प्राप्ति पश्चात् बैंकको रजिष्टर्ड कार्यालय हाल हिमालयन बैंक लिमिटेडको रजिष्टर्ड कार्यालय रहेको स्थान काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं २८ कमलादी, काठमाडौमा रहने छ। 

एकिकृत कारोबार पश्चात सिभिल बैंकका ग्राहकहरुको खाता नम्बर परिवर्तन हुने हुँदा आफ्नो नजिकको शाखामा गई नयाँ खाता नम्बर लिनुहुन बैंकले अनुरोध गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved