सपोर्ट लघुवित्तको नायब कार्यकारी अधिकृतमा चौधरी नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 24, 2023 | 11:04:09 AM मा प्रकाशित

laxmi  sunrise bank

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको नायब कार्यकारी अधिकृतमा बिष्णु कान्त चौधरी नियुक्त भएका छन्। संस्थाको सञ्चालक समितिले २०७९ फाल्गुण ११ गते देखि लागु हुने गरी चौधरीलाई  नियुक्त गरेको हो ।

चौतरी विगत १८ वर्षदेखि लघुवित्त क्षेत्रमा कार्यरत छन्। उनले नेरुडे लघुवित्तमा १३ वर्ष देखि विभिन्न तह सहित इलाका प्रमुख सम्म र सपोर्ट लघुवित्तमा विभागिय प्रमुखको जिम्मेवारीमा काम गरिसकेका छन्।

लघुवित्त क्षेत्रलाई नजिकबाट नियालेका चौधरीले उक्त क्षेत्रको अध्ययन गरी सहायक स्तरबाट आफ्नो सेवा सुरु गरी विभिन्न पद र विभागमा कार्य गर्दे निरन्तर र अविचलित भई कर्ममा विश्वास गर्ने व्यक्तिका रुपमा आफुलाई स्थापित गर्दे आएको जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved