डेभलपमेन्ट बैंकर्स एसोसिएसनमा नयाँ कार्यसमिति चयन हुँदै, साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2023 | 08:47:27 AM मा प्रकाशित

laxmi  sunrise bank

विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले साधारणसभा आह्वान गरेको छ । एसोसिएसनले चैत्र ३ गते चितवनमा साधारणसभा गर्ने निर्णय गरेको हो।

यस साधारणसभाले आगामी दुई वर्ष कार्यकालको लागि नयाँ कार्यसमितिका पदाधिकारीहरु चयन गर्नेछ । एसोसिएसनले विधान संशोधन गर्नेप्रस्ताव पनि गरेको छ।

यस्ता छन् एसोसिएसनको साधारणसभामा पेश हुने प्रस्तावहरु: 

१. कार्य समितिको तर्फबाट अध्यक्षज्यूको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने ।२. आ.व. २०७८/०७९ को लेखापरीक्षण प्रतिवेदन पारित गर्ने ।

३. आ.व. २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने । ४.आ.व. २०७९/०८० को अनुमानित आय व्यय पारित गर्ने ।

५. आगामी दुई वर्ष कार्यकालको लागि नयाँ कार्यसमितिका पदाधिकारीहरु चयन गर्ने ।

६. विधान संशोधन गर्ने।

७. विविध ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved