लुम्बिनी विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा आचार्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 16, 2023 | 04:37:32 PM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सुमन आचार्य नियुक्त भएका छन् । कम्पनीले वैशाख ३ गते बाट लागु हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा आचार्यलाई नियुक्त गरेको हो।

बैंकका अनुसार नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत आचार्यले त्रिभुवन विश्वविद्यालयबाट एम. वि. ए. सम्मको उच्च शिक्षा हासिल गरि विभिन्न समयमा विभिन्न वाणिज्य बैंकहरुका विभिन्न विभागहरुमा उच्च व्यवस्थापनमा संलग्न रहि नेतृत्वदायी भुमिका निर्वाह गर्दै २२ बर्षभन्दा बढिको कार्य अनुभव हासिल गरेका छन् ।  उनी सन् १९९९ मा त्रिभुवन विश्वविद्यालयबाट एम. वि. ए. मा केन्द्रिय बिभाग (व्यवस्थापन), किर्तीपुर को शिर्षस्थान तथा विश्वविद्यालय स्तरमा दोस्रो स्थनमा उत्तिर्ण भई उत्कृष्ठ थेसिस लेखन बापत  कृष्ण चन्द्र रेग्मी अवार्डबाट समेत सम्मानित भएका थिए।

उनले आफ्नो बैंकिङ्ग करियर सन् २००० मा साबिक नेपाल के्रडिट एण्ड कर्मस बैंक लिमिटेड बाट व्यवस्थापन प्रशिक्षार्थीका रुपमा सुरु गरी सिभिल क्यापिटल मार्केट लिमीटेडको अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको भुमिका पनि निर्वाह गरिसकेका छन् । उनले विभिन्न बैंक तथा वित्तीय संस्थामा उच्च व्यस्थापनमा रहि कार्य गर्नुका साथै साविकको सिभिल बैंक लिमिटेडमा सहायक महाप्रबन्धकका रुपमा प्रमुख कर्जा अधिकृत रहि भूमिका निर्वाह गरेका छन्।

उनको कुशल कार्यअनुभवले लुम्बिनी विकास बैंकले थप प्रगति गर्ने विश्वास लिईएको बैंकले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved