मर्जरपछि पनि कायम रहने गरि राष्ट्र उत्थान लघुवित्तको कार्यकारी निर्देशकमा जया लोहनी नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2023 | 01:25:30 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको कार्यकारी निर्देशक पदमा जया लोहनी नियुक्त भएकी छिन् । कम्पनीको वैशाख ५ गते बसेको संचालक समितिको बैठकले रिक्त कार्यकारी निर्देशक पदमा उनलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

उनी यस अघि कम्पनीको का.मु. कार्यकारी निर्देशक थिइन् । कम्पनीका अनुसार उनी सँग  दुई दशक भन्दा लामो अवधि देखि नेपालको पहिलो लघुवित्त गै.स.स. नेपाल ग्रामीण विकास संस्थामा कार्य गरेको अनुभव छ ।नेपाल ग्रामीण विकास संस्था राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको मूल प्रवर्द्धक समेत हो।

हाल कम्पनीले  आशा लघुवित्त वित्तीय संस्थासंग मर्जर सम्झौता गरेको हो । मर्जरपछि कम्पनीको नाम  राष्ट्र आशा लघुवित्त वित्तीय संस्थारहने छ । कम्पनीको अनुसार जय लोहनी मर्जर पछि बन्ने कम्पनीमा समेत कार्यकारी निर्देशक रहने छिन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved