कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा दिनेश थकाली नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2023 | 10:00:40 AM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिनेश थकाली नियुक्त भएका छन् । बैंकको वैशाख १३ गते साँझ बसेको संचालक समितिको बैठकले थकालीलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो ।

बैंकका अनुसार उनलाई ४ वर्षको लागि सीइओ नियुक्त गरिएको हो । उनको कार्यकाल आगामी जेठ १४ गतेदेखि सुरु हुने छ ।   

चार्टर्ड एकाउण्टेण्टसमेत रहेका थकालीसँग सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत भएर काम गरेको अनुभव छ । उनले प्रभु क्यापिटलको प्रवन्ध निर्देशक पदमा रहेर पनि काम गरेका छन् । प्रभु क्यापिटलमा काम गरेपछि उनी प्रभु बैंकमा गएका थिए । प्रभु बैंकमा उनी चिफ बिजनेश अफिसर थिए  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved