प्रभु इन्स्योरेन्सका अध्यक्ष मल्लद्वारा पद तथा गोपनीयताको शपथ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2024 | 10:14:45 AM मा प्रकाशित

laxmi sunrise bank

प्रभु इन्स्योरेन्सका अध्यक्ष राजेन्द्र मल्लले पद तथा गोपनीयतको शपथ ग्रहण गरेका छन् । उनले जेठ १ गते नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् । 

कम्पनीको गत बैशाख २० गते सम्पन्न कम्पनीको २८ औं वार्षिक साधारण सभाबाट निर्वाचित सञ्चालकहरु मध्येबाट कम्पनीको सञ्चालक समिति अध्यक्ष पदमा उनी सर्वसम्मत रुपमा चयन भएका थिए ।

उनी नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष पनि हुन् ।नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष समेत रहेका मल्ल निर्जिवन व्यवसायको क्षेत्रमा लामो समयदेखि संलग्न छन्। उनले अन्य विभिन्न व्यवसायीक संघ, संस्था तथा कम्पनीको नेतृत्व गरिरहेका छन् ।

प्रभु इन्स्योरेन्सको व्यवसायिक क्षमता अभिवृद्धिका लागि आफ्नो कार्यकालमा थप योजना अघि बढाउने अध्यक्ष मल्लले बताए । निर्जिवन बीमा क्षेत्रमा जनचेतना अभिवृद्धि एवं व्यवसायिक हितका लागि आफुले पहल गर्ने अध्यक्ष मल्लको भनाइ छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved