नेपाल लाइफ क्यापिटलको सीईओमा घिमिरे नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 16, 2024 | 04:59:06 PM मा प्रकाशित

नेपाल लाइफ क्यापिटलको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा मनिष घिमिरे नियुक्त भएका छन् ।

कम्पनीको सञ्चालक समितिको १०१ औं बैठकको निर्णय अनुसार घिमिरेलाई चार वर्षको लागि नियुक्त गरिएको हो ।

घिमिरेको इन्भेष्टमेन्ट बैंकिङ र एडभाइजरीमा नेपाली पूँजीबजारमा एक दशकभन्दा लामो अनुभव  छ । नेपाल लाइफ क्यापिटलमा आबद्ध हुनुअघि उनले एनआईसी एशिया क्यापिटल, सिद्धार्थ क्यापिटल र नबिल इन्भेष्टमेन्टमा गरि १० वर्ष भन्दा बढी समय कार्यसम्पादन गरेका छन् ।

घिमिरेले FCCA साथै काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट (कुसुम) बाट EMBA पनि गरेका छन् । घिमिरेको विभिन्न इन्भेष्टमेन्ट बैंकिङ र मर्चेन्ट बैंकिङ उत्पादनहरू जस्तै पोर्टफोलियो व्यवस्थापन सेवा, म्युचुअल फण्ड, इश्यू म्यानेजमेन्ट र कर्पोरेट एडभाइजरी सेवाहरू प्रोडक्ट डिजाइन र सन्चालनमा विज्ञता छ ।

नेपाल लाइफ क्यापिटल, व्यक्ति वा कम्पनीहरुको लगानी योग्य बचतलाई नेपालको पुँजीबजार मार्फत परिचालन गरि उक्त लगानीमा समय सापेक्ष मूल्य सिर्जना गराउने मुख्य उदेश्यका साथ नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैकिंङको कार्य अनुमति प्राप्त पब्लिक लिमिटेड कम्पनी हो ।

कम्पनीले लगानीका अबसरहरु प्रदान गर्न लगानी व्यवस्थापन सेवा, तथा डिम्याट खाता संचालन सेवा प्रदान गर्दै आइरहेको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved