बल्ल अघि बढ्यो धितोपत्र बोर्डमा अध्यक्ष चयन प्रक्रिया, प्रस्तुतीकरण र अन्तरवार्ताको मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2024 | 10:47:00 PM मा प्रकाशित

nepal oil ltd

केहि समयदेखि ठप्प रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अगाडी बढेको छ। अध्यक्ष नियुक्तिको लागि बनेको समितिले यहि आइतबारलाई अन्तिम पाँचमा पर्न सफल भएकाहरुलाई प्रस्तुतिको लागि बोलाएसंगै नियुक्ति प्रक्रिया अगाडी बढेको हो। 

अध्यक्ष नियुक्तिका लागि नेपाल सरकारले बनाएको तीन सदस्यीय छनौट समितिको आज बसेको बैठकले सर्टलिष्टमा परेका अन्तिम पाँच जनालाई प्रस्तुतीकरणको लागि बोलाउने निर्णय गरेको हो। आइतबारलाई उनीहरुलाई प्रस्तुतीकरणको लागि बोलाइएको स्रोतले जनाएको छ। 

सेबोनको अध्यक्षका लागि छनोटमा परेका पाँच जनामा सेबोनकै कार्यकारी निर्देशकद्वय डा नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठ, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की, साविक बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाई र सन्तोष नारायण श्रेष्ठ छन् । 

अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष को संयोजकत्वमा अर्थमन्त्रालयका अर्थसचिव  र व्यवस्थापनका प्राध्यापक उदय निरौला समेत रहेको तीन सदस्यीय सिफारिस समिति गत माघ ३ गते गठन भएको थियो। राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा मीनबहादुर श्रेष्ठ तथा अर्थसचिवमा मधुमरासिनी रहेका छन्।  

सोही समितिले गत फागुन १६ गतेदेखि ३० गतेसम्म आवेदन संकलन गरेको थियो ।  सिफारिस समितिले तोकिएको अवधिभित्र आवेदन दिएका १९ आवेदकमध्ये पाँच जनाको नाम सर्ट लिस्ट गरेको हो। 

गत चैत २५ गते अध्यक्ष पदका लागि पाँच जनाको नाम सर्टलिस्ट भएको थियो । तर  सोही अवस्थामा अर्थमन्त्री वर्षमान पुनले सेबोनको अध्यक्ष छनौटमा बढी नै चासो देखाएपछि छनौट प्रक्रिया अवरुद्ध हुन पुगेको थियो । 

धितोपत्र बजारको समग्र अवस्था नै अबरुद्ध हुने अवस्थाका सृजना भइरहेकै बखत चौतर्फी दबाब आएपछि अन्तत: अर्थमन्त्री  स्वयं पछि  हट्न बाध्य भएका छन्। उनले दुई महिनापछि आएर सेबोनको अध्यक्ष नियुक्ति प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका हुन। 

अध्यक्षको कार्यकाल चार वर्षको हुनेछ । प्रस्तुतीकरण र अन्तरवार्ता पछि सर्टलिष्टमा परेका अन्तिम पाँच जना मध्ये छनौट समितिले तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नेछ। जसमध्येबाट १ जनालाई सरकारले बोर्ड अध्यक्षमा नियुक्त गर्ने छ।

गत पुस २२ गते तत्कालीन अध्यक्ष रमेश कुमार हमालको कार्यकाल सकिएसँगै धितोपत्र बोर्ड अध्यक्ष विहीन छ। अध्यक्षविहीन रहेकै कारण पाँच महिनादेखि सार्वजनिक निष्कासन पनि अवरुद्ध अवस्थामा छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved