ग्लोबल आइएमई बैंकको महिला सञ्चालकमा ज्ञवाली नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2024 | 09:31:53 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंकको स्वतन्त्र महिला सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली नियुक्त भएकी छन्। 

गत बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन र अर्थशास्त्रमा स्नातकोत्तर गरेकी ज्ञवाली लामो समयदेखि दर्जनौ सामाजिक संघसंस्थामा रहेर काम गरिरहेकी छन्। ज्ञवालीको नियुक्तिसँगै कम्पनीको ७ सदस्यीय सञ्चालक समितिले पूर्णता पाएको छ । 

कम्पनीको अध्यक्षमा चन्द्रप्रसाद ढकाल छन् भने अन्य सञ्चालकहरुमा रामबहादुर भण्डारी, राधेश पन्त, कृष्णप्रसाद शर्मा, मदनलाल जोशी र नारायणप्रसाद पौडेल छन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved