सिन्धु विकास बैंकको कामु सीईओमा गणेश कुमार केसी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 31, 2024 | 10:11:45 AM मा प्रकाशित

सिन्धु विकास बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा गणेश कुमार केसी नियुक्त भएका छन् ।

गत साउन १४ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीमा नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत केसीलाई सोही मितिबाट लागू हुने गरी कायम मुकायम सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

यसैगरी, सोही बैठकले कम्पनीका सीईओ राम कुमार गिरीले आफ्नो व्यक्तिगत तथा घरायसी कारण जनाउँदै गत साउन ६ गते आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ ।

उनीसँग २० वर्ष लामो बैंकिङ करियर रहेको छ ।उनले मालिका विकास बैंक तथा कुमारी बैंकमा पनि उच्च तहको व्यवस्थापकीय जिम्मेवारीमा रहेर काम गरिसकेका छन् । उनी चार्टर्ड एकाउन्टेन्ट पनि हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved