गोर्खाज फाइनान्सको सञ्चालकमा राई र भट्टराई नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2024 | 06:02:56 PM मा प्रकाशित

गोर्खाज फाइनान्सको शनिबार सम्पन्न सञ्चालक समितिको बैठकले संस्थापक समूहतर्फको सञ्चालक पदमा बाँकी अवधिको लागि युवराज राईलाई नियुक्त गरेको छ ।

राईसँग नेपाल सरकारमा उपसचिव पदमा रही लामो समय निजामती सेवामा कार्यरत रहेर निवृत भएका  राईसँग कोष तथा लेखा नियन्त्रण कार्यालय एवं भौतिक योजना तथा निर्माण मन्त्रालय लगायत विभिन्न विभाग र मन्त्रालयमा कार्य गरेको अनुभव छ ।

त्यसैगरी, सोही बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा प्रविण भट्टराईलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १७ बमोजिम आगामी चार वर्षको लागि स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको छ ।

नेपाल राष्ट्र बैंकमा ३० वर्ष सेवा गरी सेवा निवृत्त भट्टराईसँग विभिन्न वित्तीय संस्थामा सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृतको कार्यानुभव समेत छ ।नवनियुक्त सञ्चालकहरुले संस्थाको प्रगतिमा योगदान पुर्‍याउने विश्वास लिएको  कम्पनीले बताएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved