नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा) को प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन् ।
कम्पनीको गत साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले भदौ २ गतेदेखि लागू हुने गरी उनलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
अधिकारी नेपाल बैंकका पूर्व सीईओ हुन् ।कम्पनीले तत्कालीन सीईओ रामकृष्ण खतिवडाले दिएको राजीनामा माघ १ गतेदेखि लागू हुने गरि स्वीकृत गरेयता उक्त पद खाली थियो ।
उनको राजीनामापछि कम्पनीले बैंकका नायव महाप्रबन्धक सूर्यबहादुर तामाङलाई कामु सीईओको जिम्मेवारी दिएको थियो।
यो पनि हेर्नुहोस् :
नेपाल बैंकको सिईओ अधिकारी: आमाको देनले बैंकर बने, छिमेकीको प्रेरणाले एमबिए