बीमा प्राधिकरणका विज्ञ संचालक ओलीको बिदाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 19, 2024 | 10:13:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बीमा प्राधिकरणका संचालक समितिका बीमा विज्ञ सदस्य कपिल देव ओलीको दोस्रो पटकको चारवर्षे कार्यकाल पूरा भएको छ। सोहि अवसरमा बीमा विज्ञ सदस्य ओलीको विदाई एवम् सम्मानमा प्राधिकरणले विदाई कार्यक्रमको आयोजना गरेको छ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा विज्ञ सदस्य ओलीलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै उपहार तथा सम्झनाको चिनो प्रदान गरे। अध्यक्ष सिलवालले प्राधिकरणको संचालक समितिमा बीमा विज्ञ सदस्यका रुपमा रहेर ओलीले पुर्याएको योगदान प्रशंसनीय रहेको बताए। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved