बैंकर सुधिरनाथ पाण्डे कुमारी बैंक पुगेका छन्। आज भदौ ६ गतेदेखि नै नायब प्रमुख कार्यकारी अधिकृत 'डिसीओ' को रुपमा कार्यभार सम्हाल्नेगरि पाण्डे कुमारी बैक पुगेको बैंकले जनाएको छ।
पाण्डे एनआईसी एसियाबैंक छाडेको ६ महिनापछि कुमारी पुगेका हुन्। पाण्डे एनआइसी एसियामा पनि डेपुटी सीइओको भूमिकामा थिए। पाण्डेले लामो समयदेखि बैंकिङ्ग क्षेत्रमा रहेर काम गरेका बैंकर हुन्।
तत्कालिन नेपाल ग्रीण्डलेज बैंक अर्थात् हाल स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट २०४६ साल मंसिरबाट बैंकिङ्ग करियर सुरु गरेका पाण्डेसंग बैंकिङ्ग क्षेत्रमा साढे तीन दशकभन्दा बढीको अनुभव छ । नेपाल ग्रीण्डलेजपछि साविकको लक्ष्मी बैंकमा हुँदै पाण्डे एनआइसी एशिया बैंक पुगेका थिए।