नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी साउथ एशिया रिजन फाइनान्सियल इन्क्लुजन इनिसिएटिभ(एसएआरएफआईआई) को अध्यक्षमा चयन भएका छन् ।
एसएरएफआईआईको नेतृत्व नेपाल राष्ट्र बैंकमा हस्तान्तरण भएको छ।नेतृत्व हस्तान्तरणसँगै बैंकका तर्फबाट गभर्नर महाप्रसाद अधिकारी एसएआरएफआईआईको अध्यक्ष चयन भएका हुन्। मध्य अमेरिकी मलुक एल्साल्भाडोरको राजधानी सान्साल्भाडोरमा हाल एलान्यनस फर इन्क्लुजनको बैठक चलिरहेको छ ।
सो अवसरमा गभर्नर अधिकारीले भर्चुअल माध्यमबाट सहभागी भई बैठकको अध्यक्षता ग्रहण गरेका थिए ।बैठकले स्टेट बैंक अफ पाकिस्तान(एसबीपी) लाई एसएआरएफआईआईको उपाध्यक्षमा चयन गरेको छ ।
यसअघि एसएआरएफआईआईको नेतृत्व माल्दीभ्स मनिटरी अथोरिटीमा थियो भने राष्ट्र बैंकका तर्फबाट गभर्नर अधिकारी उक्त सञ्जालको उपाध्यक्ष थिए ।
सन् २०२२ सेप्टेम्बरमा जोर्डनको डेड सी मा सम्पन्न ग्लोबल पोलिसी फोरमको १२ औं बैठकका क्रममा एसएरएफआईआई स्थापना भएको थियो । यसमा नेपाल राष्ट्र बैंकसहित बङ्गलादेश, भुटान, माल्दीभ्स, पाकिस्तान र श्रीलङ्काका केन्द्रीय बैंकहरू उक्त सञ्जालमा आबद्ध छन् ।
क्षेत्रीयस्तरमा ज्ञान आदानप्रदान, क्षमता अभिवृद्धि र संयुक्त सिकाइ अभ्यास, प्राविधिक सहायताको कार्यान्वयन, विश्वव्यापी र क्षेत्रीयस्तरका असल अभ्यासको अनुसरण गर्दै सबै वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्नेलगायतका उद्देश्यसहित यो संस्था स्थापना गरिएको हो।