पर्यटन बोर्डको सीईओमा दीपकराज जोशीको दोस्रो 'इनिङ', के छन् चुनौती ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 06, 2024 | 07:46:26 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख (सीईओ) मा दीपकराज जोशी नियुक्त भएका छन् । बिहीबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले जोशीलाई सिईओ नियुक्त गरेको हो।

सीईओ छनोट समितिले जोशीसहित पूर्व सीईओ डा. धनन्जय रेग्मी र ज्ञानेश्वर महतोको नाम सिफारिस गरेको भएपनि समितिले जोशीलाई चार वर्षे कार्यकालको लागि सीइओमा नियुक्त गरेको हो ।यससंगै जोशीले पर्यटन बोर्डको सीईओमा दोस्रो पटक इन्ट्री गरेका छन्। 

पहिलो कार्यकाल पनि सफल रुपमा सम्पन्न गरेका जोशी पर्यटन क्षेत्रमा काम गर्न सक्ने सक्षमव्यक्तिको रुपमा चिनिन्छन। पहिलो कार्यकाल सकेपछि दोस्रो कार्यकालका लागि आबेदन दिएपनि सरकारले धनञ्जय रेग्मीलाई सीइओमा नियुक्त गरेको थियो। 

अहिले छनोट उपसमितिले पूर्वसीईओ धनञ्जय रेग्मीलाई पहिलो नम्बर, दोस्रोमा दीपकराज जोशी र तेस्रो नम्बरमा ज्ञानेश्वर महतोको नाम सिफारिस गरेको थियो । सञ्चालक समितिले भने दोस्रो नम्बरमा परेको जोशीलाई सञ्चालक समितिको बैठकले नियुक्ति गरेको हो ।

सीईओको पदमा नियुक्ति पाउन १७ जना प्रतिस्पर्धामा थिए । यस अघिका सीईओ धनन्जय रेग्मीको कार्यकाल माघ १४ गते सकिएको थियो । सीईओ नहुँदा बोर्डले पर्यटन प्रवद्र्धन गतिविधिदेखि चालु आर्थिक वर्षको बजेट समेत बनाउन सकेको थिएन । सीईओविहीन हुँदा पर्यटकको मुख्य सिजनमा बोर्डको पर्यटन प्रवद्र्धन काम समेत रोकिएको थियो । 

सीइओ बनेका जोशीमाथि निजी क्षेत्र र अन्तर्राष्ट्रिय बजारमा पर्यटन प्रवद्र्धन तथा आ प्रचार गर्नुपर्ने चुनौती छ भने थलिएका पोखराका पर्यटन व्यवसायीलाई उकास्न नेपाल राष्ट्र बैंक लगायतका निकायसंग समन्वय गर्नुपर्ने जिम्मेवारी छ। जोशी पछिल्लो समय नेपाल उद्योग परिसंघमा महाप्रबन्धकको रुपमा आफ्नो जिम्मेवारी निर्वाह गरेका थिए। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved