नेपाल टेलिकमकाे प्रवन्ध निर्देशकमा पहाडी नियुक्त, ३१ वर्ष लामो अनुभव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 06, 2024 | 08:26:55 AM मा प्रकाशित

nepal oil ltd

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त भएकी छिन्। नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले उनलाई प्रवन्ध निर्देशकमा नियुक्ति गरेको हो ।

ओली नेतृत्त्व सरकारले  पुष्प कमल दाहाल नेतृत्त्वको तत्कालिन सरकारले खुलाएको आबेदनमा अन्तिम तीनमा परेका मध्येबाट नै पहाडीलाई प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो। तत्कालीन सञ्चार सचिव रामकृष्ण सुवेदीको संयोजकत्वमा गठित समितिले पहाडीसँगै अनिल झा र विमल आचार्यको नाम सिफारिस गरेको थियो। 

प्रबन्ध निर्देशकमा नियुक्त हुनु अगाडी पनि पहाडी कामू प्रबन्धक निर्देशकको रुपमा टेलिकम सम्हाल्दै आएकी थिईन। पहाडीसंग टेलिकममा मात्रै काम गरेको ३१ वर्ष लामो अनुभव छ। 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved