लगानी बोर्डको सीईओमा सुशील ज्ञवाली नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2024 | 08:48:23 AM मा प्रकाशित

laxmi sunrise bank

सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ। बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले ज्ञवालीलाई बोर्डको सीइओमा नियुक्त गरेको हो। 

सिफारिस गरिएका मध्येबाट मन्त्रिपरिषदले भुकम्प पुनर्निर्माण प्राधिकरणका तत्कालिन सीईओ ज्ञवालीलाई सीइओमा नियुक्त गरेको हो। बोर्डको सीईओका लागि प्रतिस्पर्धामा ५ जना थिए। जसमा विष्णु प्रसाद भट्टराई,  रघुराज काफ्ले,  सुशील ज्ञवाली, रामदेव यादव,  राज ढुङ्गाना थिए। 

सरकारले साउन २२ गते उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजक रहने गरि सिफारिस समिति गठन गरेको थियो। समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारी सदस्य, र पुर्वअर्थसचिव राजन खनाललाई विज्ञ सदस्य थिए। 

सरकारले यस पटक प्रमुख कार्यकारी सिफारिससम्बन्धि कार्यविधि २०८९ बनाएरै नियुक्ति प्रक्रिया अघि बढाएको थियो। यसअघिका सीईओ सुशील भट्टको कार्यकाल सकिएपछि साउन २७ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सीईओको लागि आबेदन माग गरेको थियो। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved