प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत सिफारिस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2024 | 09:35:40 AM मा प्रकाशित

laxmi  sunrise bank

भावी प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम सिफारिस भएको छ। हिजो सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको संबैधानिक परिषदको बैठकले न्यायपरिषदले पठाएको रोष्टरको आधारमा वरिष्ठतम न्यायाधिश राउतको नाम सिफारिस गरेको हो। 

प्रस्तावित प्रधानन्यायाधीशको सिफारिसपत्र संसदमा गएपछि उनको संसदीय सुनुवाई हुनेछ र त्यहाँबाट अनुमोदन भएपछि मात्र राष्ट्रपतिबाट राउत नियुक्त हुनेछन। वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले २० असोजमा उमेरहदका कारण अवकाश पाउँदै छन। त्यसैले परिषदले वरिष्ठताको आधारमा राउतको नाम सिफारिस गरेको हो। 

प्रधानन्यायाधीश सिफारिसको लागि संबैधानिक परिषदको बैठक


उदयपुर घर भएका राउत प्रधानन्यायाधीशमा नियुक्त भए २०८२ चैतसम्म प्रधानन्यायाधीशको रुपमा रहनेछन। राउतले २०७३ साल साउनमा सर्वोच्चको न्यायधिश नियुक्त भएका थिए। 

संबैधानिक परिषदको बैठकमा प्रतिनिधिसभाका सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, विपक्षी दलका नेता र कानुनमन्त्री सदस्यका रुपमा रहन्छन। त्यस्तै परिषद सचिवका रुपमा मुख्यसचिव रहन्छन। हाल प्रधानन्याधिशसहित सर्वोच्चमा १७ न्यायधीश कार्यरत छन्। चार पद अझैं रिक्त छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved