
मर्चेन्ट बैंकहरुको छाता संगठन मर्चेन्ट बैंकर एशोसिएशनको अध्यक्षमा एनआईसी एसिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझी निर्वाचित भएका छन्।
संगठनको नयाँ कार्यसमितिको उपाध्यक्षमा नबिल इन्भेष्टमेन्ट बैंकिंगका सीइओ मनिष नारायण जोशी निर्वाचित भएका छन्। त्यस्तै महासचिवमा गरिमा क्यापिटलका निर्मल भट्टराई तथा कोषाध्यक्षमा एनआईएमबि एस क्यापिटलका शिभांत पाण्डे निर्वाचित भएका छन्।
सदस्यहरुमा क्रमशः सिद्दार्थ क्यापिटलका सन्दिप कार्की, कुमारी क्यापिटलका पुष्प शर्मा र नेपाल एसबिआई क्यापिटलका लेख नाथ पोखरेल निर्वाचित भएका छन्। यसअघि एसोसिएसनको अध्यक्षमा लक्ष्मी सन्राइज क्यापिटलका सीइओ विजय लाल श्रेष्ठ थिए। उनको कार्यकाल सकिएसँगै नयाँ कार्यसमिति चयन भएको हो।
नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकहरुको कार्य गर्न ३० वटा मर्चेन्ट बैंंकले अनुमति लिएका छन्।