नेपाल धितोपत्र बोर्डका अध्यक्षका तीन उम्मेदवारलाई अन्तर्वार्ताको लागि डाकिएको छ। अध्यक्षका लागि छनौटमा परेका तीन जनालाई यहि मङ्सिर ९ गते बिहान अन्तर्वार्ताको लागि डाकिएको छ।
अध्यक्षका लागि छनौटमा परेका नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की, बीमा समितिका तत्कालिन अध्यक्ष चिरिन्जीवी चापागाई र नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा नबराज अधिकारीलाई अन्तर्वार्ताको लागि डाकिएको हो।
यसअघि असोज १८ गतेको लागि अन्तवार्ताको मिति तय भएपनि अध्यक्ष छनौट समितिका संयोजक समेत रहेका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारी बिरामी भएपछि अन्तिम समयमा अनार्वार्ता स्थगित भएको थियो।
अध्यक्षको लागि अन्तिम पाँचमा छनौट भएका मध्ये सन्तोष नारायण श्रेष्ठ र नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठको अन्तर्वार्ता भईसकेको छ। अहिलेका तीन उम्मेदवारको अन्तर्वार्ता भएपछि छनौट समितिले पांच जना उम्मेदवार मध्ये तिन जनाको नाम सिफारिस गर्नेछ। अर्थमन्त्रीले तीन जनाको नाम मन्त्रिपरिषदमा लैजानेछन र यी मध्ये एक जनालाई धितोपत्र बोर्डको अध्यक्षमा चयन गरिनेछ।
बोर्डका तत्कालिन अध्यक्ष रमेश हमालको कार्यकाल सकिएपछि २०८० पुष २० गते यता धितोपत्र बोर्ड कार्यकारी अध्यक्ष बिहिन अवस्थामा रहेको छ।