समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा टिका निधि लोहनी नियुक्त भएका छन् । फाइनान्सकोे सञ्चालक समितिको वैठक ५०८ ले लोहनीलाई सीईओको दोस्रो कार्यकालको लागी निरन्तरता दिएकोे हो ।
अब ४ बर्षको लागी समृद्धि फाइनान्सको प्रमुख कार्यकारीका रुपमा लोहनीले कार्यभार सम्हाल्नेछन् । उनको यस अघिको कार्यकाल मङ्सिर १४ गतेसम्म रहेको थियो । कम्पनीले मङ्सिर १५ गतेदेखि लागु हुने गरि उनलाई पुन: सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।