मितेरी डेभलपमेन्ट बैंकको सीईओमा अनन्त चापागाईं, ३३ वर्षको बैंकिङ अनुभव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 01, 2024 | 03:35:49 PM मा प्रकाशित

laxmi sunrise bank

मितेरी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अनन्त चापागाईं नियुक्त भएका छन् । मंसिर १६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सीईओको पदमा चापागाईंलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई माघ १ गतेबाट लागु हुने गरी आगामी ४ वर्षका लागि सीईओको जिम्मेवारी दिइएको हो । यसअघि  बैंकका सीईओ रहेका तुलसीप्रसाद वस्तीको कार्यकाल सकिएपछि चापागाईं सीईओ पदमा नियुक्त भएका हुन् ।

नबिल बैंकबाट करिअर सुरु गरेका चापागाईंसँग ३३ वर्षको बैंकिङ अनुभव छ ।  हाल उनी प्राइम कमर्शियल बैंकका कार्यवाहक उपमहाप्रबन्धक हुन् ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved