अर्थको टिम पुनर्संचरनामा अर्थमन्त्री पौडेल, सचिवपछि महानिर्देशक र सहसचिवको पनि सरुवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2025 | 08:20:21 AM मा प्रकाशित

laxmi sunrise bank

अर्थमन्त्री बिष्णु पौडेल अर्थमन्त्रालयको कर्मचारीको पुनर्संरचनामा लागेको देखिएको छ। अर्थसचिव सरुवाको निर्णय लगत्तै मन्त्री पौडेलले दुई महत्त्वपूर्ण विभागका महानिर्देशक र महाशाखा प्रमुख पनि सरुवा गरेका हुन्। 

मन्त्रिपरिषदको सोमबारको बैठकले १७ सहसचिवको सरुवा गर्दा त्यसमा अर्थ मन्त्रालयका चार जना परेका हुन्। जसमा मन्त्री पौडेलको प्रस्तावमा आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्य र भन्सार विभागका महानिर्देशक हरिशरण पुडाशैनीको सरुवा भएको छ। आचार्य संघीय मामिला मन्त्रालय र पुडाशैनि राष्ट्रिय योजना आयोग पुगेका छन्। 

त्यस्तै, सहसचिव नारायणप्रसाद रिसालको पनि सरुवा भएको छ भने बैंक बित्त समन्वय महाशाखाका दीर्घराज मैनालीको पनि सरुवा भएको छ। मैनाली राष्ट्रिय सूचना आयोग पुगेका छन् भने रिसाललाई गृह मन्त्रालय पठाईएको छ। 

त्यस्तै, उनीहरुको ठाउँमा अर्थमन्त्रालयमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी तिर्हराज चिलुवाल, राष्ट्रिय महिला आयोगकि सचिव पार्वती अर्याल र संघिय मामिला मन्त्रालयको अतिरिक्त समुहमा रहेका श्रीचन्द्र शाह ल्याइएका छन्। यद्दपि उनीहरुलाई जिम्मेवारी दिन भने बाँकी नै रहेको छ। 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved