नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष पदमा भरतराज आचार्य मनोनीत भएका छन्। महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले बुधबार आचार्यलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका हुन्।
एक दशकभन्दा बढी समयदेखि महासंघमा सक्रिय आचार्यले उद्योग समिति सभापति, रोजगारदाता परिषद् सहसभापति तथा स्थायी समिति सदस्यको रूपमा योगदान गरिसकेका छन्। उनी विभिन्न उत्पादनमूलक तथा प्रविधिजन्य औद्योगिक प्रतिष्ठानहरूसँग आबद्ध छन्।
यसअघि महासंघका कोषाध्यक्ष निरक केसी थिए। उनको १८ महिने कार्यकाल पूरा भएसँगै उक्त पद रिक्त थियो। अब आचार्यले बाँकी कार्यकालका लागि कोषाध्यक्षको जिम्मेवारी सम्हाल्ने छन्। महासंघमा कोषाध्यक्षको भूमिका महत्वपूर्ण हुने भएकाले आचार्यको नियुक्तिलाई व्यवसायिक क्षेत्रले चासोका साथ हेरिरहेको छ।