चन्द्रकला पौडेल सचिवमा बढुवा, प्रशासन सेवामा महिला सहभागितालाई प्रेरणा !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2025 | 07:42:22 AM मा प्रकाशित

nepal oil ltd

सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकी सहसचिव चन्द्रकला पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासन सेवातर्फ रिक्त रहेको एक सचिव पदमा पौडेललाई बढुवा गर्ने निर्णय गरेको हो।

एक मन्त्रीले पौडेललाई बढुवा गरेर सचिव बनाउने निर्णय भएकोबारे पुष्टि गरेका छन्।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुन पोखरेल अनिवार्य अवकाशमा गएपछि रिक्त रहेको सचिव पदमा नियुक्तिका लागि भौतिक पूर्वाधार मन्त्रालयकी पौडेलसहित सहसचिव शोभाकान्त पौडेल र भूपाल बरालको नाम सिफारिस गरिएको थियो।

यसअघि केही दिन अघि लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको थियो। त्यसको आधारमा मन्त्रिपरिषद्ले पौडेललाई सचिव पदमा बढुवा गरेको हो।

यस निर्णयसँगै चन्द्रकला पौडेल प्रशासन सेवाको सचिव पदमा पुग्ने कम महिला अधिकारीमध्ये एक भएकी छन्। नेपालमा प्रशासन सेवामा महिलाको प्रतिनिधित्व अझै न्यून रहेका बेला पौडेलको बढुवाले महिला सहभागितालाई प्रेरणा दिने अपेक्षा गरिएको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved