इंग्ल्यान्ड पहिलो पटक विश्वकप बिजेता, सुपर ओवरबाट बिजेता छनौट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2019 | 10:23:22 PM मा प्रकाशित

laxmi  sunrise bank

इंग्ल्यान्डले पहिलो पटक एक दिवशीय विश्वकप जितेको छ । रोमान्चक फाइनल खेलमा न्युजिल्यान्डलाई पराजित गर्दै इंग्ल्यान्डले उपाधि जितेको हो ।

 निर्धारित ५० ओभरको खेल बराबरीमा टुंगिएपछि बिजेता निर्क्यौल गर्न सुपर ओभर भएको हो । तर सुपर ओभरमा समेत रन वरावर भएपछि न्युजिल्यान्डभन्दा बढी बाउन्ड्री हानेको कारण इंग्ल्यान्ड विजय भएको हो ।

टस जितेर पहिले ब्याटिंग गरेको न्युजिल्यान्डले ८ विकेटको क्षतिमा २४१ रन बनायो । २४२ रनको लक्ष्य लिएर मैदान उत्रेको इंग्ल्यान्डले ५० ओभरमा अल आउट हुदै २४१ रन मात्र बनायो । अन्तिम ओभरमा इंग्ल्यान्डलाई जितको लागि १५ रन चाहिएकोमा १४ रन मात्र बनाएको हो । न्युजिल्यान्ड अन्तिम ओभरमा २ विकेट लियो ।

सुपर ओभरमा पहिले ब्याटिंग गरेको इंग्ल्यान्डले १५ रन बनाएको थियो। १६ रनको लक्ष्य लिएर मैदान उत्रेको न्युजिल्यान्डले पनि १५ रन नै बनाएको हो । अन्तिम बलमा २ रन चाहिएको अवस्थामा मार्टिन गुप्टिल रन आउट भएका हुन् ।

विश्वकप इतिहासमा पहिलो पटक सुपर ओभरबाट बिजेता निर्क्यौल भएको हो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved