टि-२० क्रिकेट विश्वकप आजदेखि, थाहा पाउनुहोस् कुन ग्रुपमा कुन-कुम टिम र कहिले खेल हुदैछ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 17, 2021 | 12:35:27 PM मा प्रकाशित

laxmi  sunrise bank

लामो समय देखि रोकिएको आइसीसी २०-२० विश्वकप आजदेखि सुरु हुने भएको छ। क्रिकेटको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको टि-२० क्रिकेट विश्वकप आजदेखि सुरु हुने भएको हो। 

सन् २०१६ पछि बिभिन्न कारणले गर्दा 'टि-२० क्रिकेट विश्वकप' संचालन हुन सकेको थिएन। सन् २०१६ पश्चात २०१८ मा हुनुपर्ने 'टि-२० क्रिकेट विश्वकप' कयौं टिमहरु अरु खेल तथा सिरिजमा ब्यस्त भएकाले आइसीसीले यसको आयोजना रद्द गरिदिएको थियो। 

सन् २०१८ मा रद्द भए पश्चात २०२० मा हुनुपर्ने 'टि-२० क्रिकेट विश्वकप' मा कोरोना संक्रमणको असर देखिए पश्चात अहिले आएर मात्र यो प्रतियोगिता हुन लागेको हो। 

पांच बर्षको अन्तरालमा आजदेखि सुरु हुन् लागेको 'टि-२० क्रिकेट विश्वकप' को आयोजक भारत भएपनि कोभिड सक्रमणका कारण संयुक्त अरब इमिरेट्स मा यो प्रतियोगिताको आयोजना हुने भएको हो।

'टि-२० क्रिकेट विश्वकप' प्रतियोगिता २९ दिनसम्म चल्नेछ भने प्रतियोगितामा १६ टिमबीच ४५ वटा खेल हुनेछ। आज अर्थात १७ अक्टुबरदेखि सुरु हुने प्रतियोगिताको फाइनल १४ नोभेम्बरमा हुनेछ। 

पहिलो ग्रुप ए मा आयरल्याण्ड, नामिबिया, नेदरल्याण्ड र श्रीलंकको टिम आपसमा खेल्नेछन। यसमा शिर्ष दुई टिम अघिल्लो राउण्डमा पुग्नेछन्। 

दोस्रो ग्रुपमा बंगालदेश, ओमान, पपुवा न्युगिनी र स्कटल्याण्ड छन्। यी मध्ये शिर्ष दुई टिम अघिल्लो राउण्डमा पुग्नेछन। 

यस पश्चात सुपर १२ राउण्ड सुरु हुनेछ। ग्रुप १ मा अस्ट्रेलिया, इंग्ल्याण्ड, साउद अफ्रिका र वेष्टइन्डीजको साथै ग्रुप ए को नम्बर एक टिम र ग्रुप बि को नम्बर एक टिम सामेल हुनेछन। 

त्यस्तै ग्रुप २ मा भारत, न्युजिल्याण्ड, अफगानिस्तान, पाकिस्तान र ग्रुप बिको नम्बर दुई र ग्रुप ए को नम्बर दुई टिम भाग लिनेछन। सुरुवाती राउण्डबाट दुई दुई टिमलाई सुपर १२ मा खेल्ने मौका मिल्नेछ। 

यस राउण्डमा टिमहरु एक अर्का बिरुद्द खेल्नेछन। दुवै ग्रुपका शिर्ष दुई दुई टिम सेमीफाइनल पुग्नेछन र त्यस पश्चात उपाधिको लागि खेल हुनेछ। 

सुपर १२ को राउण्ड २३ अक्टुबरदेखि सुरु हुनेछ र आठ नोबेम्बरसम्म चल्नेछ। दश र एघार नोभेम्बर सेमिफाइनल हुनेछ भने फैनाल खेल १४ नोभेम्बरमा हुनेछ। 

अहिलेसम्मका बिजेता

2007- भारत

2009- पाकिस्तान

2010- इंग्ल्याण्ड 

2012-वेस्टइंडीज़

2014- श्रीलंका

2016- वेस्टइंडीज़


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved