देब विकास बैंकलाई ठग्ने ९ जना पक्राउ, आफ्नै कर्मचारीबाट ३ करोड नोक्सानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2019 | 06:50:40 PM मा प्रकाशित

laxmi  sunrise bank

सवारी साधनको नक्कली ब्लुबिक देखाएर बैंकबाट ऋण उठाउने धन्धामा संलग्नहरु पक्राउ परेका छन। ब्लुबुकमा गलत विवरण भरि बैकमा धितो राखेर बिभिन्न ऋणीहरुको नाममा ऋण निकाल्ने कार्यमा संलग्न मुख्य योजनाकार सहित ९ जनालाई पक्राउ गरिएको केन्द्रिय प्रहरी अनुसन्धान ब्युरोले जनाएको छ। 

केन्द्रिय ब्युरोकाअनुसार मुख्य योजनाकार काभ्रेको भुम्लु गाउँपालिका १ का नारायणबहादुर श्रेष्ठले देब विकास बैंकको बिभिन्न शाखाहरुबाट ब्लुबुकमा गलत विवरण भरि ११ जना ऋणीहरुको नाममा २ करोड ७१ लाख ७६ हजार कर्जा स्वीकृत गर्न सफल देखिएका छन। विभिन्न व्यक्तिहरुलाई ऋणी बनाई १६ वटा कर्जा फाईल तयार गरी उनीहरुले २ करोड ७१ लाख ७६ हजार रुपैयाँ ऋण निकालेका छन् ।

ब्लुबुकका गलत विवरण भरि बिभिन्न व्यक्तिहरुको नाममा ऋण झिक्ने काममा संलग्न श्रेष्ठ सहित पक्राउ पर्नेमा बैंकका तत्कालिन शाखा प्रबन्धक सरिन शंकर श्रेष्ठ रहेका छन। पक्राउ पर्नेमा भुम्लुकै बालकृष्ण श्रेष्ठ, चेतबहादुर श्रेष्ठ, विकास श्रेष्ठ, नवीन श्रेष्ठ, कृष्णबहादुर खत्री, नरेशमान सिंह अमात्य र देव विकास बैंकका तत्कालिन शाखा प्रबन्धक सरिन शंकर श्रेष्ठ रहेका छन् । पक्राउ परेका बालकृष्ण श्रेष्ठ भुम्लु गाउँपालिका १ का वडासदस्यसमेत हुन।  

तत्कालिन बैंक म्यानेजर श्रेष्ठसंगको मिलोमतोमा भएको यस कार्यबाट देब विकास बैंकलाई २ करोड १० लाख ८ हजार ९२६ रुपैयाँ हानी नोक्सानी भएको चतुर्वेदीले जानकारी दिए। उनकाअनुसार श्रेष्ठले ऋण प्रवाह गर्दा आफ्नो कर्जा सिमा नाघी कर्जा स्वीकृत गरेको पाइएको छ। उनीहरुलाई मंसिर २५ गतेदेखि विभिन्न मितिमा मोरङ, काभ्रे र काठमाडौं जिल्लाबाट पक्राउ गरिएको हो। 

सीआईबीका अनुसार उनीहरुले बैंकमा सवारी साधन धितो राखी ऋण लिने क्रममा प्रतिलिपी व्लु बकमा नक्कली डाटा तयार गर्नुका साथै  आफु अनुकुलका विवरणहरु राखेर पेश गरेका थिए । मुख्य योजनाकार नारायण श्रेष्ठ गाडी किनबेचमा आवद्द रही यातयात कार्यालयमा सजिलै प्रबेश पाउने हैसियत बनाएको देखिएको सीआईबीले जनाएको छ । 

उनीहरुलाई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ तथा मुलुकी ऐनको सरकारी छाप दस्तखत कीर्ते कागजको महल बमोजिमको कसुरमा अनुसन्धान पूरा सीआईबीले सरकारी वकिल कार्यालय काठमाडौंमा पेश गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved