मोबाइल सेटको अवैध कारोबार नगर्न अपिल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2020 | 07:46:56 PM मा प्रकाशित

laxmi  sunrise bank

मोबाइल फोन ईम्पोटर्स एशोसियसनले मोबाइल सेटको अवैध विक्रि वितरणको पूर्ण अन्त्य गर्न सहयोगका लागी सम्पूर्ण व्यवसायीलाई आग्रह गरेको छ । अवैध विक्रि बितरणको कारण मोबाइल फोन व्यवसाय मात्र नभई राष्ट्रको समग्र अर्थतन्त्रलाई नकारात्मक प्रभाव पारेको भन्दै एशोसियसनले यस्तो आग्रह गरेको हो । 

विभिन्न मुलुकबाट चोरी पैठारी गरी भित्राईएका मोबाइल फोनको अवैधानिक बजार नेपालमा तिब्र रुपमा बढिरहेको र यसले राजश्व वापत संकलन गरिने ठुलो धनराशी गुमिरहेको एशोसियसनले उल्लेख गरेको छ । त्यस्तै मोबाइल फोन व्यवसायको स्वस्थ्य र मर्यार्दित विकासमा अवरोध खडा भएको, अवैध (ग्रे) मोबाइल सेटको आईएमईआई नम्बर रजिस्टर नहुने भएकोले यसको प्रयोग अपराधिक क्रियाकलापमा पनि हुन सक्ने प्रवल सम्भावना रहेको एशोसिएसनले जनाएको छ ।

‘यी गम्भीर कारणहरुले गर्दा मोबाइल सेटको अवैध बजारको तत्काल पूर्ण रुपमा अन्त्य गर्न हामी सम्पूर्ण मोबाइल फोन व्यवसायी, उपभोक्ता एवं सरकारको कर्तव्य हुन आउदछ ।’ एशोसिएसनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved