पेप्सीका सीईओ पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2021 | 08:35:36 PM मा प्रकाशित

laxmi  sunrise bank

उच्च अदालत पाटनले थुनामा पठाउन आदेश दिएसँगै पेप्सी उत्पादक कम्पनी वरुण वेभरेजका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेका छन्। मुख्य न्यायाधीश कुमार चुडाल र न्यायाधीश कुलप्रसाद शर्माको इजलासले राजस्व चुहावट सम्बन्धि मुद्दामा पुर्पक्षका लागि पेप्सी उत्पादक वरुण वेभरेजका सीईओ प्रविणकुमार अग्रवाललाई थुनामा पठाउन आदेश दिएको हो।

अदालतले थुनछेक आदेश गर्दै तत्काल प्राप्त प्रमाणका आधारमा अग्रवालाई थुनामा राख्नुपर्ने आदेश गरेसँगै सीईओ अग्रवाललाई थुनामा राख्नको लागि आज ४ बजे अदालतबाटै पक्राउ गरिएको हो।  नक्कली बिजकको कारोबार गर्ने व्यक्तिहरुसँग मिलेमतो गरी मालबस्तु नै खरिद नगरी राजस्व चुहावट गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो। 

बिभागले कम्पनीका सञ्चालकहरू अमित गुप्ता र रविकान्त जयपुरियासहित सात जनाविरूद्ध विगो, जरिवाना र जेल सजायको दावी गर्दै मुद्दा हालेको थियो। जसमा यसअघि २ जना धरौटीमा रिहा भइसकेका छन् भने तीन जना अझै फरार छन्। 

विभागले एक अर्ब ९४ करोड ८८ लाख सात हजार २० रुपैयाँ दावी तथा ३ बर्षसम्म जेल सजायको माग दाबी गरेको थियो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved