अढाई करोड जीवन बीमाको लोभमा आफ्नै कर्मचारीको हत्या, मुख्य योजनाकार सहित ६ पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 29, 2022 | 06:18:35 PM मा प्रकाशित

laxmi  sunrise bank

अढाई करोड जीवन बीमाको लोभमा आफ्नै २१ बर्षिय कर्मचारीको हत्या गरिएको घटना सार्वजनिक भएको छ।  केन्द्रिय अनुसन्धान ब्युरो, सीआइबि, ले आज एक पत्रकार सम्मेलनको आयोजना गरि अढाई करोडको बीमा रकको लागि आफ्नै कर्मचारीको याेजनाबद्ध हत्या गरी भुक्तानीसमेत लिइसकेका ६ जनालाई सीआइबिले सार्वजनिक गरेको हो ।  

 पक्राउ पर्नेमा दुई जना महिला र चार जना पुरुष रहेका छन्।  जसमा हत्या गरिएका कर्मचारी सृजन बिकसँग नक्कली विवाह गरी बीमाबाट प्राप्त दुई करोड ५० लाख रुपैयाँ लिएकी २१ वर्षीया सपना मल्ल, मुख्य योजनाकार ३१ वर्षीय सञ्जीव अर्याल, सञ्जीव अर्यालसँग पूर्व चिनजान एवम् रिलायन्स लाइफका  बीमा एजेन्ट ३२ वर्षका सरदार अहमद खाँ, सपना मल्ललाई विदेश लैजाने भनी संजिव अर्यालसंग भेट गराउने आरति उपनाम भएकी ललिता सापकोटा, सर्जन बिकलाई ठक्कर दिएर मृत्युको मुखमा पुर्याउने  व्यक्ति ३३ वर्षका टोपबहादुर राना क्षेत्री, काठमाण्डौमा बीमाको भुक्तानी लिन सपना मल्ललाई ल्याउने ३८ वर्षका दीपक केसी रहेका छन् । 

सीआइबिका प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीकाअनुसार नेपाल पुनर्बीमा कम्पनी र रिलायन्स लाइफबाट अनुसन्धानको लागि पत्रचार भएर आएपछि अनुसन्धान थाल्दा यो सबै घटना बाहिर आएको हो। रिलायन्स लाइफले आफुले दाबी भुक्तानी गरिसकेको अढाई करोड दाबि गरेपछि घटना शंकास्पद भएको पाईएकाले नेपाल पुनर्बिमाले अनुसन्धानको लागि सीआइबिलाई अनुरोध गरेको हो। 

सुरुमा सर्जन बिकको मृत्यु मिनी बसको ठक्कर भएको भनेर त्यहि अनुसार मिलापत्र भएपनि उक्त हत्या योजनाबद्द भएको र हत्याको कारण अढाई करोड जीवन बीमा भएको खुलेको हो। पुनर्बीमाको अनुरोध अगाडी नै रिलायन्स लाइफले श्रीमती वा इच्छाइएको व्यक्ति भनिने सपना मल्ललाई अढाई करोड दाबि भुक्तानी गरेको थियो। 

मिनी बसको ठक्करबाट मृत्यु भएका सर्जन बीकलाई योजनाबद्द तरिकाले हत्या गरेर उनलाई प्रयोग गरि बीमा रकम अढाई करोड कुम्ल्याउन यो सबै प्रपंज रचिएको सीआईबिको अध्ययनले देखाएको छ। सर्जन बीक सवार मोटरसाइकल बीमा अभिकर्ता सर्दार अहमद खाको भएको र सर्जन बिक मुख्य योजनाकार संजिव अर्यालका कर्मचारी भएको अध्ययनले देखाएको छ।

सर्जन बीकको मृत्यु हुनभन्दा अगाडी नै सबै कुराहरुको योजना बनाइएको अध्ययनले देखाएको छ।  सर्जन बीकको मृत्यु हुनु भन्दा झन्डै एक महिना २६ दिन अगाडी उनको र उनको श्रीमती भनिएकी सपना मल्लको बैंक खाता कामना सेवा बिकास बैंकमा खोलिएको छ। 

लगत्तै अर्थात् मृत्युको २६ दिन अगाडी सर्जन बीकको नाममा २०७७ साल फागुन २८ गते रिलायन्स लाइफमा अढाई करोडको जिवन विमा भएको छ। उक्त जीवन बीमामा इच्छाईएको व्यक्तिमा जापान जाने तयारी अवस्थामा विमानस्थलबाटै पक्राउ परेकी सपना मल्ललाई राखिएको छ। जबकी सर्जन बीकको नाममा अढाई करोडको बीमा भएको भन्दा ५ दिन पछाडिमात्रै सर्जन र सपना मल्लबीच बिहे भएको बिहे दर्ता देखाइएको छ। 

सर्जन बीकको मृत्यु भएको भनि रिलायन्स लाइफमा गरिएको दाबी रकम २ करोड ५० लाख रुपैयाँ सपना मल्लको खातामा आएको र त्यसपछि यो पैसा यस घटनामा संलग्न ४ जनामा पैसा बाँडफाँड भएको देखिन्छ। 

जसमा यस घटनाका मुख्य योजनाकार संजिव अर्यालमा  ८० लाख ३६ हजार, काठमाण्डौ बसेर दिपेंडेण्ड भिसादेखि अरु सबैको व्यवस्थापन मिलाएका दिपक केसीमा ६० लाख, सपना मल्लको आमा छबि कुमारी खत्रीकोमा १७ लाख ४६ हजार, सपना मल्लकोमा ८६ लाख ८९ हजार बाँडफाँड भएको देखिन्छ। 

अनुसन्धानको क्रममा आरति भन्ने ललिता कुमारी सापकोटाले सपना मल्ल र संजिव अर्याललाई भेट गराईदिएको, सपना मल्ललाई डिपेन्डेण्ड भिषामा अष्ट्रेलिया पठाउने बिषयमा कुरा भएको, विवाह दर्तापछि मृतक र सपना मल्लको भेट नभएको, सपना मल्लको बैंक खाता संजिव अर्यालले नै खोलि सम्पूर्ण चेक हस्ताक्षर गराई लिएको खुलेको छ। 

यस घटनामा अरु धेरै बिषयको खुल्न बाँकी भएकाले आफुहरु थप अनुसन्धानमा लागेको र यस्ता घटना यस अगाडी पनि भएको हुन सक्ने सीआइबिका प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीले बिजपाटीलाई बताएका छन। 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved