उद्योगी अपहरण प्रकरणः दाबी पुष्टि हुने प्रमाण भेटिएपछि आरोपितलाई सरकारी वकिलसमक्ष बुझाइँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2022 | 11:31:29 AM मा प्रकाशित

laxmi  sunrise bank

विराटनगरका एक उद्योगीले आफूलाई आफ्नै पार्टनरले बन्धक बनाएर फिरौती लिएको भन्दै दिएको उजुरी उपर प्रहरीले अनुसन्धान सकेको छ ।

विराटनगरका उद्योगी अरुणकुमार राठीले आफूसमेत सञ्चालक रहेको नेपाल टाइम्स मिडिया प्रा.लि.का सञ्चालक साझेदार शहेन शाह भनिने अब्दुल खताबले आफूलाई अपहरणको शैलीमा बन्धक बनाएर ३० लाख फिरौती मागेको, १५ लाख दिएको र बाँकी १५ लाख दिने सर्तमा छुटेको भन्दै प्रहरीमा उजुरी दिएका थिए । 

उक्त उजुरीमाथि प्रहरीले अनुसन्धान सकेको हो । राठीलाई बन्धक बनाउन खताबलाई सहयोग गरेका भनिएका व्यक्ति फरार भएपछि प्रहरीले उजुरीकर्ताको दाबी सत्य हुन सक्ने भन्दै खताबलाई छोडेन । खताबका सहयोगीको खोजी कार्य जारी राखेर उनीमाथि अनुसन्धान जारी राख्यो । अनुसन्धानका क्रममा उजुरीकर्ताले दाबी गरे अनुसार खताबले बन्धक बनाएर राखेको प्रमाण फेला पर्दै गए ।

अन्त्यमा खताबका सहयोगी पनि प्रहरीको सम्पर्कमा आए । प्रहरीको सम्पर्कमा आएका ती व्यक्तिले उद्योगी राठीले उजुरीमा आफूलाई बन्धक बनाएको भन्दै गरेको दाबीमा बल पुग्ने बयान दिए ।

‘फरार रहेका व्यक्ति खताबका ड्राइभर रहेछन्, उनी आइसके’ विराटनगरका एसपी भन्छन्, ‘अनुसन्धान करिब करिब सकिएको छ । राम्रै प्रमाणहरु फेला परेका छन्, आज भोली नै सरकारी वकिलको कार्यालयमा बुझाउँछौँ ।’ 

यसअघिः

‘पार्टनरले नै अपहरण गरेर करङ भाँचिदिए, फिरौतीबापत १५ लाखको चेक दिएर उम्किएँ’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved