
नेपाल प्रहरीले इ–सेवाको कर्मचारी भन्दै १६ लाख भन्दा बढि ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै इसेवाको आधिकारिक कर्मचारी हुँ भनि ठगी गर्ने रौतहटका शुभम साहलाई पक्राउ पछि सार्वजनिक गरेको हो ।
उनले इसेवा आइडी बैंक खातामा लिङ्क गराइदिने, आइडी नविकरण गर्ने, केवाइसी फर्म अपडेट गरिदिनेलगाएतका बहानामा सेवाग्राहीको अकाउन्टमा अनाधिकृत पहुँच पुर्याई १६ लाख १३ हजार ठगी गरेको पाइएको कार्यालयलाई प्रवक्ता प्रहरी उपरिक्षक कृष्णप्रसाद कोयरालाले जानकारी दिए ।
आफूलाई ठगी गरेको भन्दै ३० भन्दा बढी सेवाग्राहीले उजुरी गरेपछि अनुसन्धान का लागि साहलाई पक्राउ गरिएको कोइरालाले बताए ।