विमानस्थलबाटै पक्राउ परे चरेश लैजान खोज्ने थाइ नागरिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2023 | 05:32:11 PM मा प्रकाशित

laxmi  sunrise bank

अवैध रुपमा चरेश लैजान खोज्ने चार जना थाइ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । उनीहरुले लगेजमा फल्स बटम बनाएर नेपालबाट थाइल्याण्डमा चरेश लैजान लागेका खुलेको छ ।

उनीहरुको योजना भने असफल भएको छ । बैंकक जान विमानस्थलमा पुग्दा उनीहरुको गतिविधि शंकास्पद देखियो । त्यसपछि प्रहरीले निगरानी बढायो, अनि उनीहरुको लगेज जाँच गर्दा शंकास्पद वस्तु देखियो । थप खानतलासी गर्दा झोलामा फल्स बटम बनाएर ३२ दमलव ८ किलो चरेश फेला पर्यो ।

चरेशसहित नियन्त्राण लिइएका थाइ नागरिक येवालुक ज्वाब्स्री, परिचार्ट पम्परुक, न्याटपोल ट्रीचैया र न्याट्नरी ट्रीचैयालाई लागूऔषध ऐन २०३३ अनुसार कारवाही प्रक्रिया अघि बढेको लागूऔषध नियन्त्रण व्यूरोका डिएसपी नारायण रञ्जितकारले बताए । उनीहरु थाइलाइन एयरलाइन्सको उडानद्धारा काठमाडौँबाट बैंकक जान लागेका बेला पक्राउ परेका हुन् ।थप विवरण खुलन बाँकी रहेको प्रहरीले जनाएको छ । 

यस्तै ठुलो परिमाणको नाइट्राभेट ट्याब्लेटसहित अन्य लागूऔषध २० हजार एम्पुल तथा नगद रु ४ लाख १७ हजारसहित नेपालीहरु समेत पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोलुखुम्बुका लाक्पा शेर्पा, भारतीय नागरिक ३८ वर्षका फैज अहमदल र धनुषका २९ वर्षीय रिहासद रेजा रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved