पृथ्वी बहादुर शाहको समुह विरुद्द ४ वटा मुद्दा चलाउन सुझाव, के के हुन्छ कारवाही ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2023 | 02:46:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पृथ्वी बहादुर शाह तथा विजय विक्रम शाहको समुह विरुद्द ४ वटा मुद्दा चलाउन सरकारी वकिल कार्यालयलाई सुझाव दिएको छ।  ब्युरोले ठगी लिखत सम्बन्धी कसूर, सहकारी ठगी र संगठित अपराधको कसुरमा  पृथ्वी बहादुर शाह र विजय विक्रम शाहसहित २० जना विरुद्द छानविन गरि प्रतिवेदन तयार पारेको हो।

ब्यूरोले उनीहरु विरुद्द ठगी, लिखत सम्बन्धी कसूर, सहकारी ठगी र संगठित अपराध गरि ४ वटा मुद्दा दायर गर्नु पर्ने उल्लेख गरेको छ।मुलूकी अपराध संहिता, २०७४ को दफा २४९ (ठगी सम्बन्धमा) को उपदफा ३ (ग) को कसुरमा सोही संहिताको दफा २४९ को उपदफा ३ (ग) बमोजिम ७ वर्ष सम्म कैद र ७० हजारसम्म जरिवाना हुने र दफा २५४ बमोजिम विगो खुलेकोमा विगो असूल गरि पिडितलाई दिलाई भराई दिनुपर्ने कानूनी व्यवस्था रहेको छ ।

ठगि सम्बन्धमा नै असहाय, निरक्षर र ७५ वर्ष भन्दा माथिको व्यक्तिलाई ठगी गरेमा हुने सजायमा १ वर्ष थप सजाय हुने व्यवस्था छ ।

मुलुकी अपराध संहिता, २०७४ को दफा २७६ (लिखत सम्बन्धि कसुर) को उपदफा ३ (ग) बमोजिमको कसूरमा सोहि संहिताको दफा २७६ को उपदफा ३ (ग) बमोजिम ७ वर्ष सम्म कैद र ७० हजारसम्म जरिवाना हुने र दफा २८२ बमोजिम कसूरदारबाट मनासिब क्षेतिपुर्ति भराई दिनु पर्ने, दफा २७६ को उपदफा ५ बमोजिम किर्ते गरि प्राप्त गरेको सम्पत्ति सम्बन्धित धनीलाई फिर्ता गरिनु पर्ने व्यवस्था छ।

सहकारी ऐन, २०७४ को दफा १२२ को देहाय (छ) बमोजिम झुठ्ठा वा गलत विवरण पेश गरि कर्जा लिएमा, राखेको धितो कच्चा भएमा सोही ऐनको दफा १२४ को घ (४) बमोजिम कसूरमा विगो भराई ४ वर्षदेखि ६ वर्षसम्म कैद हुने कानूनी व्यवस्था रहेको छ ।

संगठित अपराध अन्तर्गत उल्लेखित सम्बद्ध कसुरमा हुने सजायमा ५०% थप सजाय हुने कानूनी व्यवस्था रहेको छ।

अब सरकारी वकिल कार्यलयले उनीहरु विरुद्द अदालतमा मुद्दा दर्ता गर्ने छ । सजाय निर्धारण भने अदालतले गर्ने छ ।


प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी लिखत सम्बन्धी कसूर, सहकारी ठगी र संगठित अपराधको कसुरमा  पृथ्वी बहादुर शाह र विजय विक्रम शाहसहित २० जना दोषी देखिएको प्रतिवेदन तयार पारेको हो। ब्यूरोका अनुसार पृथ्वी बहादुर शाह र विजय विक्रम शाहसहित ७ जना पक्राउ परिसकेका छन् भने १३ जना फरार छन् । उनीहरु विरुद्द परेको २४ वटा उजुरीको आधारमा अनुसन्धान गरिएको ब्यूरोले जनाएको छ । 

 अनुसन्धानबाट प्रतिवादी पृथ्वी बहादुर शाहको समूहमा रहेका ब्यक्तिहरुले संगठित रुपमा अबैध सम्पत्ति आर्जन गर्ने उद्देश्यले २४ भन्दा बढी कम्पनीहरु स्थापना गरेको खुलेको छ। उनीहरुले कम्पनीको उदेश्य विपरीत, आधिकारीक निकायबाट विदेशी लगानी भित्राउने अनुमती नलिई विदेशी लगानी भित्राएको भन्ने सम्बन्धमा विदेशी नागरिकहरुलाई एन्टी भाइरस अपडेट, अमेजिनको बिल भुक्तानी, गिक स्क्वाड, कविक बुक्स, समेतको नाममा इमेल मार्फत सम्पर्क स्थापत गर्ने गरेको खुलेको छ ।

उनीहरुले रिमोट एक्सेसबाट पिडितहरुको दिभाइज मार्फत बैंक खातामा मा पहुँच पुर्याई, निजहरुको बैंकमा रहेको मौज्दात रकम नेपाल र थाइल्याण्डमा समेत पठाउने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ। साथै पिडितको खाताबाट विभिन्न बैंकहरु हुदै रकम ट्रान्सफर भई आउदाँ आवश्यकता बमोजिम बैंकहरुलाई खातावाल (पिडित) को तर्फबाट आफैले इमेल लेखि पठाउने गरेको पनि खुलेको छ।

प्रहरीका अनुसार उनीहरुले क्यान्सर पिडित, अल्जाईमर र रोग पिडित र जेष्ठ नागरिकहरुलाई लक्षित गरि ठगि गर्ने र पिडितहरुलाई सम्पति सुद्धिकरण निवारण युनिटले कार्वाही गर्छ तथा कानूनी उल्झनमा परिन्छ भनि कानूनी प्रक्रियामा नजान धम्की दिने गरेको खुलेको छ। पिडितलाई फोन सम्पर्क गरि निजहरुको गतिविधि माथि नियमित निगरानी गर्ने गरेको समेत खुलेको छ।

प्रहरीका अनुसार उनीहरुले अन्तराष्ट्रीय सिस्टम भएकोले रिमोट एक्सेस दिनुपर्छ भनि पिडितलाई विश्वास दिलाउने गरेको, डिभाइजमा नक्कली बैंक स्टेटमेन्ट पठाई नक्कली रकम जम्मा भएको देखाई सोही रकम फिर्ता गर्न लगाई ठगी गर्ने गरेको खुलेको छ ।

प्रहरीका अनुसार  सोहि प्रक्रियाबाट विदेशी नागरिकहरुलाई ठगी गरि कम्पनी तथा व्यक्तिगत खातामा ४५ लाख ४६ हजार ६ सय ३९ अमेरिकी डलर, २२ हजार पाउण्ड स्टरलिङ, तथा ३ लाख ४० हजार क्यानेडियन डलर बराबरको रकम ठगि गरेको खुलेको छ। नेपाली रुपैयाँम यो रकम ६३ करोड ९३ लाख हुन आउँछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved