अमेरिकाबाट पार्सल आयो सात किलो गाँजा, भारतीयसहित तीन समातिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 08, 2023 | 08:50:53 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकाबाट चकलेट तथा बालबालिकाको खेलौना उल्लेख गरी आएको पार्सलमा गाँजा तस्करी हुने गरेको पाइएको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा आउने पार्सलको सूक्ष्म निगरानी गर्दा उक्त तथ्य फेला पारेको हो । 

पछिल्ला दुई छुट्टाछुट्टै पार्सल जाँच गर्दा एउटामा चार दशमलव पाँच किलो र अर्कोमा दुई दशमलव चार किलो गाँजा फेला परेको ब्युरोका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । उक्त घटनामा एक भारतीयसहित तीन जनालाई पक्राउ गरिएको छ । 

अमेरिकाबाट दुबई हुँदै नेपाल ल्याइएको चकलेट र बालबालिकाको खेलकुद सामग्री उल्लेख गरिएको पार्सलबाट चार दशमलव पाँच किलो गाँजा बरामद भएपछि उक्त पार्सल लिन आएका भारतको गुजरातका ३० वर्षीय निमेश अशोकभाइ र सर्लाहीको हरिहरपुरका २८ वर्षीय फैज आलम पक्राउ परेका हुन् ।

उनीहरूको साथबाट भारतीय अधार कार्ड र रु ८० हजार बरामद गरिएको छ । उनीहरू बस्दै आएको ठमेलको होटल खानतलासी गर्दा कोठामा एक लाख ४० हजार भारु बरामद गरिएको  जोशीले जानकारी दिए । 

यस्तै अर्को घटनामा विमानस्थलमा यसैगरी अमेरिकाबाट आएको पार्सल जाँच गर्दा दुई दशमलव चार किलो गाँजा बरामद गरिएको छ । उक्त घटनामा संलग्न रहेको आरोपमा गोरखाका रुपक अर्याललाई पनि पक्राउ गरिएको उनले बताए । 

उनीहरूलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको जोशीले बताए । यसरी आएको गाँजा कसले कहाँ लैजान लागेका हुन् भन्ने अझै नखुलेको प्रहरीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved