'वान एक्स बेट'मार्फत कारोबार गर्ने ४ जना पक्राउ, एक जनाले नै गरे ६४ करोडको कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2023 | 02:15:55 PM मा प्रकाशित

laxmi sunrise bank

काठमाडाै उपत्यका अपराध अनुसन्धान कार्यालयले नेपालमा प्रतिबन्धित रहेको 'वान एक्सबेट' मार्फत कारोबार गर्ने ४ जनालाई पक्राउ गरेको छ । कार्यालयले आज पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गरेको हो । 

पक्राउ पर्नेमा दिनेश खड्का, दिपेश श्रेष्ठ, दिनेश चन्द, र आशिष लामिछाने रहेका छन् । कार्यालयका अनुसार यी ४ जनाले कुल ७४ करोड १३ लाख ५० हजार बराबरको कारोबार गरेका छन्।  यी मध्ये दिनेश खड्का एक्लैले ६४ करोड ७७ लाख ८८ हजारको कारोबार गरेको देखिएको काठमाडाै उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

कार्यालयका प्रमुख एसएसपी  डा. मनोज केसीका अनुसार दिनेश खड्काले १२ जनाको नाममा खाता बनाएर कारोबार गर्ने गरेको खुलेको छ । प्रहरीले उनीहरुसंगबाट कुल ३७ लाख नगद पनि बरामद गरेको छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved