मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई हत्याको धम्कि दिने व्यक्ति पक्राउ परेका छन्। हत्याको धम्की दिएर माग गरिएको ३० करोड फिरौती लिन जाँदा ति व्यक्ति रंगेहात पक्राउ परेको केन्द्रिय अनुसन्धान ब्युरोले जनाएको छ।
प्रवेश लामाको नामबाट हत्याको धम्कि दिएर फिरौती माग गर्ने व्यक्ति रमेश कुमार गुरुङ रहेको ब्युरोले जनाएको छ। गुरुङ माग गरिएको ३० करोड लिन जाँदा रंगेहात पक्राउ परेका हुन्।
हत्या गर्नको लागी योजना बनि सकेको, यदी सुरक्षीत हुन चाहनु हुन्छ भने रकम दिनु पर्ने हुन्छ, डिमाण्डको रकम उपलव्ध गर्नु भयो भने तपाईको जिवन बच्न सक्छ, तपाईको नाम २ नं।मा रहेको छ भन्दै अपहरण गरी हत्या गरी दिन्छु ” भनी फोन गरि हत्याको धम्कि दिने गरेको ब्युरोले जनाएको छ।
गुरुङलाई अपहरण तथा शरीर बन्धक उद्योग मुद्दा लगाइएको छ। उनलाई थप अनुसन्धान कारवाहीका लागि वृत महाराजगंज पठाईएको ब्युरोका प्रहरी उपरीक्षक संजय सिंह थापाले जनाएका छन्।