‘जर्तीको नाममा उपभोक्ता, कालिगढ र राज्य लुटिएका छन्, रोक्न खोज्दा आक्रमण भयो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2024 | 02:08:03 PM मा प्रकाशित

laxmi sunrise bank

सुनचाँदी व्यवसायी नरेन्द्र कुमार गुप्ताले सुनमा जर्ती नलिने उपभोक्तामैत्री निर्णय लिँदा आफु चौतर्फी आक्रमणमा परेको बताएका छन्।

श्री ऋद्धि सिद्धि ज्वेलर्सका सञ्चालकसमेत रहेका उनले सुनको मूल्य महँगो भइरहेको समयमा जर्ती नलिएर ज्याला मात्र लिने निर्णय गर्दा आफु आक्रमणमा परेको बताएका छन्। 

जर्ती हटाएर ज्याला मात्र लिने अन्तरराष्ट्रिय अभ्यासले उपभोक्ता मात्र नभई राज्य र स्वयम् व्यवसायीलाई पनि फाइदा पुग्ने वास्तविक यथार्थ सत्यलाई दबाएर आफुबिरुद्ध  कालिग व्यवसायी प्रयोग गरिएकोसमेत उनले प्रेस बिज्ञप्ती जारि गर्दै विरोध जनाएका छन्। जर्तीको नाममा वर्षौंदेखि भइरहेको गलत अभ्यासलाई रोक्न प्रश्न गर्दा प्रश्न गर्नेलाई नै अनेकन आरोप लागेर अनुसन्धानको माग गरिनु खेदजनक भएकोसमेत उनले उल्लेख गरेका छन् ।

‘अहिलेपनि उपभोक्ताबाट जर्तीको नाममा तोलामा १०-१२ लाल सुन लिने र कालिगढलाई ज्यालाको नाममा १-२ लाल सुन दिने र बिलमा जर्तीलाई खर्च देखाएर राजस्व छल्ने काम भइरहेको छ। जर्तीको नाममा भएको गलत धन्दा रोक्न खोज्दा ममाथि नै आक्रमण भयो’, उनले भने। 

उनले सुनचाँदी व्यवसायसँग जोडिएका तीन ठूला महासंघ तथा तीनका नेताले आफैले बिरोध गर्न नसकेर कालिगढ व्यवसायी परिचालन गरेर आफु विरुद्ध अभियान शुरु गरेको दावीसमेत गरेका छन् ।

जर्ती र ज्यालाको नाममा कालिगढ व्यवसायी र उपभोक्ता पहिल्यैदेखि ठगिदै आएको भए पनि यसको अन्त्य गर्न आवाज उठाउँदा अहिले कालिगढ व्यवसायीलाई आफुबिरुद्द प्रयोग गरिएको समेत उनले बताए। 

उनका अनुसार अधिकांश सुनचाँदी व्यवसायीले जर्तीको नाममा उपभोक्ताबाट तोलामा १० लाल लिने र कलिगढलाई पनि ज्यालाको लागि १-२ लाल सुन दिने र जर्तीको लागि १२ लाल गयो भनेर त्यसलाई बिलमा खर्च देखाउँदै आएका छन्। जर्तीलाई खर्चमा देखाउँदा राजस्व पनि छल्न पाइने र तस्करीको सुन पनि प्रयोग गर्न पाइने भएकाले अहिले जर्ती हटाउने निर्णयमा चौतर्फी विरोध भएको छ। 

उनकाअनुसार उपभोक्तालाई जर्ती के हो र ज्याला के हो भन्नेबारे स्पष्ट बुझाउनुपर्ने अहिलेको आवश्यकता हो। जर्ती भनेको नास हो र ज्याला भनेको कालिगढले पाउने पारिश्रमिक हो।

एक तोलामा १०-१२ लाल जर्ती अर्थात १२ लाल नास भयो भनर उपभोक्तालाई कि १२ लाल कमको गहना दिएर तोलाको पैसा लिने वा तोलाको गहना दिएर अतिरिक्त १२ लालको पैसा लिने काम भइरहेको छ। त्यहि १२ लाल सुनलाई हरायो भनेर त्यसको हिसाब किताब नै नराखेर राजस्व र सुन पनि छली भइरहेको छ। 

‘जर्तीको नाममा भइरहेको यस्तो गतिविधिले उपभोक्ता, कलिगढ र राज्य लुटिएका छन्। यहि लुटलाई रोक्नलाई गहनामा जर्ती हटाउने घोषणा गर्दा सबै प्रतिस्पर्धीहरु म बिरुद्द सबै खनिए’, उनले भने, ‘सुनचाँदी व्यवसायमा कालिगढले पनि कमाउनुपर्छ, व्यवसायी पनि बाँच्नुपर्छ तर उपभोक्ता र राज्यमैत्री हुनुपर्छ।’

अहिले उपभोक्ताको हितको लागि ऋद्धि सिद्धिले उपभोक्तामैत्री छूटलाई लिएर कालिगढमार्फत आफु बिरुद्द आरोप प्रत्यारोपमा उत्रिनु कसैको लागि पनि हितकर नहुने उनको भनाइ छ। उपभोक्तामैत्री निर्णयलाई साथ दिएर कालिगढ र राज्यप्रति पनि इमान्दार भएर गहनामा जर्ती निलिने निर्णयलाई साथ दिन पनि उनले आग्रह  गरेका छन् ।

गहनामा जर्ती हटाउने निर्णयले उपभोक्ता, कालिगढ र राज्यलाई अहित हुन्छ भनेर प्रचार गरिनु आफैंमा भोलिका दिनमा महँगो साबित हुने समेत उनले दाबी गरेका छन्। साथै उनले गहनामा जर्ती नलिने निर्णयबाट आफु कुनै हालतमा पछि नहट्ने पनि बताएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved