सनराईज बैंकको ऋणपत्र बिक्रि खुला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 06, 2019 | 08:19:16 AM मा प्रकाशित

laxmi  sunrise bank

सनराईज बैंक Sunrise Bank Limited  ले आज कार्तिक २० गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको छ ।  बैंकले एक हजार अंकित दरको ३ अर्ब रकम बराबरको ३० लाख इकाई ऋणपत्र  निष्काशन रेको हो ।  

 सात वर्ष भुक्तानी अवधि भएको यस ऋणपत्रमा अर्धवार्षिक रुपमा भुक्तानी हुने गरि वार्षिक १०.२५ प्रतिशत व्याज दिईने बैंकले जनाएको छ। ३० लाख इकाई मध्ये १२ लाख कित्ता सर्वसाधारणहरुमा सार्वजनिक निष्काशन को माध्यमबाट बिक्रि गरिने  बाँकि १८ लाख कित्ता परिपत्र विधिबाट बिक्रि गरिने बैंकले जनाएको छ ।  

ऋणपत्रमा चाडोंमा  २४ गतेसम्म र ढिलोमा मंगसिर १९ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।लगानीकर्ताले न्युनतम २५ कित्ता र अधिकतम ३ लाख कित्ताको लागी आबेदन गर्न पाउनेछन् तर  व्यक्तिगत तवरबाट बिक्री गरिने ऋणपत्रमा अधिकतम सिमा नलाग्ने बैंकले  जनाएको  छ । ऋणपत्र निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । ऋणपत्रले न्युन कर्जा जोखिम जनाउने केयर एनपी ए रेटिङ पाएको छ। यो ऋणपत्र  नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सुचीकरण हुनुका साथै विभिन्न बंैक तथा वित्तीय संस्थाहरुबाट धितो राखी कर्जा समेत लिन सकिनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved