लक्ष्मी बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 08, 2019 | 08:20:42 AM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी बैंक Laxmi Bank Limited  ले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज कार्तिक २२ गते अन्तिम दिन रहेको छ । बैंकले असोज २३ गतेदेखि  २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो।  जस मध्ये ८ लाख कित्ता सर्वसाधारणलाई र बाँकि १२ लाख कित्ता प्राइभेट प्लेसमेन्ट अर्थात् व्यक्तिगत तवरले बिक्रि हुने बैंकले जनाएको छ । सर्वसाधारणलाई छुट्याइएको मध्ये ४० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ  । 

१० बर्षे अवधिको यस ऋणपत्रमा बार्षिक १० प्रतिशत ब्याज प्रदान गर्ने छ । ऋणपत्र निष्काशनको लागि नबिल इन्भेस्टमेन्ट बैंकिंग बिक्रि प्रबन्धक रहेको छ । आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने बिक्रि प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिंगले जनाएको छ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved