सनराइज बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2019 | 08:33:27 AM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप भएको छ । कम्पनीले कार्तिक २० गतेदेखि ऋणपत्र निष्काशन गरेको हो । कम्पनीको ऋणपत्र छिटोमा बिक्रि बन्द हुने दिन कार्तिक २४ गतेसम्म पर्याप्त आवेदन नपरेपछि म्याद थप भएको हो । अब लगानीकर्ताले मङ्सिर १९ गतेसम्म आवेदन दिन सक्ने छन् । 

बैंकले एक हजार अंकित दरको सात वर्ष भुक्तानी अवधि भएको ३ अर्ब बराबरको ऋणपत्र निष्काशन गरेको हो । ७ बर्षे अवधिको यस ऋणपत्रमा अर्ध बार्षिक रुपमा भुक्तान हुने गरी वार्षिक १०.२५ प्रतिशत व्याज प्रदान गरिने बैंकले जनाएको छ । बैंकले १२ लाख कित्ता बराबरको  एक अर्ब बिस करोडको ऋणपत्र सर्वसाधारणहरुमा सार्वजनिक निष्काशनको माध्यमबाट बिक्री गर्ने छ ।  बाँकि १८ लाख कित्ता  बराबरको  एक अर्ब अस्सी करोडको ऋणपत्र परिपत्र विधि अर्थात् प्राइभेट प्लेसमेन्ट बाट संस्थागत÷व्यक्तिहरुलाई बिक्रि खुल्ला गरिने बैंकले जनाएको छ । यो मध्ये ६० हजार कित्ता सामुहिक लगनी कोषलाई छुट्याइएको छ । 

 ऋणपत्रमा सर्वसाधारणले न्युनतम २५ कित्ता र अधिकतम ३,००,००० कित्ताको लागी आबेदन गर्न पाउनेछन् तर  व्यक्तिगत तवरबाट बिक्री गरिने ऋणपत्रमा अधिकतम सिमा नलाग्ने बैंकले  जनाएको  छ ।  

यस ऋणपत्र निष्काशनको लागि बैंकले सिद्धार्थ क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ  ।  यस ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सुचीकरण हुनुका साथै विभिन्न बैक तथा वित्तीय संस्थाहरुबाट धितो राखी कर्जा समेत लिन सकिनेछ । ऋणपत्रले केयर एनपी ए माइनसको रेटिंग पाएको छ जसले न्युन कर्जा जोखिम जनाउछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved